यासोक । कुम्मायक गोल्डकपको तेस्रो संस्करण आजदेखि पाँचथरको पृथ्वी माविको खेलमैदानमा सुरु हुँदैछ ।

पाँचथर जिल्लाका पालिकास्तरीय गोल्डकपको उद्घाटन खेलमा आयोजक कुम्मायक गाउँपालिका र तुम्बेवा गाउँपालिकाबीच हुनेछ ।
स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका ८ पालिका सहभागी छन् ।

कुम्मायक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ ।

तेस्रो संस्करणको उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले बताए ।