यासोक । आयोजकका तर्फबाट कुम्मायक गाउँपालिका यहाँ जारी तेस्रो कुम्मायक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय पृथ्वी माविको खेलमैदान आयोजित अन्तिम सेमिफाइनल खेलमा फालेलुङ गाउँपालिकालाई ६–० गोलको वर्षासँगै कुम्मायक गाउँपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

कुम्मायाक फाइनलमा प्रवेश गर्दा यसअघि आयोजित अन्तिम क्वाटरफाइनल खेलमा मिक्लाजुङले जीत दर्ता गर्दै अन्तिम सेमिफाइनल खेलको यात्रा तय गर्यो । स्पर्धी फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलअन्तरमा पराजित गर्दै मिक्लाजुङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

मिक्लाजुङले १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै जीत दर्ता गरेको हो । खेलको १७औँ मिनेटमा फाल्गुनन्दका कप्तान अरुण श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, खेललाई बराबरी गर्ने क्रममा मिक्लाजुङका सनिल राईले ३१औँ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा पारुलेन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको ३३औँ मिनेटमा मिक्लाजुङै घनेन्द्र आङ्देम्बेले गोल गरे भने खेलको इन्जुरी समयमा विवेक मगरले थप गोल गर्दै ४–१ गोलको फराकिलो अन्तरबाट टिमलाई सेमिफाइनलमा पुराए । खेलको म्यान अफ दी म्याच पारुलेन राई घोषित भइ नगद ३ हजार पाए ।

दोस्रो खेलमा आयोजक कुम्मायाक गाउँपालिकाका लागि कप्तान दिनेश शेर्माले खेलको ६ र दोस्रो हाफको १४औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्दा अभिषेक लिम्बूले पनि दोस्रो हाफको १४ र २९औँ मिनेटमा व्यक्तिगत २ गोल गरेका थिए । यो खेलमा एक मिनेटभित्र २ गोल भएको थियो ।

थप गोल लोकेन्द्र थापाले दोस्रो हाफको ३१औँ र अन्तिम गोल ३८औँ मिनेटमा हेमन्त दर्नालले गरेका थिए । उनी म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार पाउन सफल भए ।

गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ । गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।