0 Shares

फिक्कल । १६औ आइतबारे रनिङ ट्रफीको उपाधी खुदुनाबारी स्र्पोटिङ क्लब झापाले जितेको छ ।

वीरेन्द्र माविको खेलमैदानमा सम्पन्न फाइनलमा जनता सेभेन फिक्कललाई २-१ ले हराउँदै खुदुनाबारीले उपाधि रक्षा गरेको हो । उसले नगद ८० हजार १ सय ११ र उपविजेता टिमले ५० हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको छैटौ मिनेटमा विशाल खवासले खुदुनाबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसैगरी २७औ मिनेटमा अग्रता दोव्वर बनाए । दोश्रो हाफको ७ औ मिनेटमा सुमन राईले फिक्कलका लागी सान्तवना गोल फर्काए । खेलको म्यान अफ दि म्याच खुदुनाबारीका विशाल खवास घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक टिवाइसी तीनघरेका सर्जन लिम्बु घोषित हुँदै नगद २ हजार र शिल्ड प्राप्त गरे ।

त्यसैगरी प्लेयर अफ दि सिरिज जनता सेभेनका अजुर्न गुरुङले नगद ३ हजार, फेयर प्ले आहाले सेभेन घोषित बन्दै नगद १ हजार ५ सय प्राप्त ग¥यो । त्यसैगरी प्रतियोगिता भरी ७÷७ गोल गरेका खुदुनाबारीका विशाल खवास र जनता सेभेनका सचिन यल्मोले जनही १ हजार ५ सय प्राप्त गरे ।

आइतबारे युवा क्लबका अध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कांग्रेस नेता डम्बर खड्का तथा विशिष्ट अतिथि दोश्रो पुरस्कार सौजन्यकर्ता डिल्लीराम आर्चाय रहेका थिए । भिष्म प्रधानले स्वागत मन्तव्य राखेको कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष मणी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्यमाथी क्लबका अध्यक्ष दाहालले प्रष्ट पारेको थिए । सोही अवसरमा क्लबलाई जग्गादान गर्ने मनोज श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मानपत्र र दोसल्ला उनकी पत्नी रजित श्रेष्ठले ग्रहण गरिन् । माघ २ गतेबाट सुरु भएको प्रतियोगितामा इलाम र झापाका गरी १६ टिमको सहभागीता रहेको थियो ।