अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई स्वीटर, टोपी तथा सिरक आज मंगलबारदेखि वितरण गर्ने भएको छ ।

नगरपालिकाले नगर क्षेत्रका २८ सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई सहयोगस्वरुप स्वीटर, टोपी तथा सिरक वितरण गर्ने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीले जानकारी दिए ।

नगरका ११ वटै वडामा वडाध्यक्षको समन्वयमा सामग्री वितरण गर्ने बताइएको छ । २ सय थान सिरक, ८ सय थान स्वीटर, ८ सय थान टोपी वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले एक कार्यक्रमका बीच सोमबार सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङ र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तोयानाथ रेग्मीलाई संयुक्त रुपमा हस्तानतरण गर्दै कार्यक्रमको थालनी गरेका थिए ।

आज मङ्लबारबाट सामग्री वितरण गरिने भएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । प्रमुख रानाका अनुसार प्रत्येक वडाका १८ जनालाई सिरक र प्रत्येक वडाका २८ जना विद्यार्थीलाई स्वीटर र टोपी प्रदान गरिने भएको छ । नगरप्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले गरेका थिए ।