0 Shares

बुधबारे । नागबेली लघुवित्त वित्तीय संस्था बर्ने बुद्धशान्ति शाखाले एक कार्यक्रमका बीच विद्यार्थीलाई स्कुल ब्याग र टोपी वितरण गरेको छ ।

संस्थाको १०आंैं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अर्जुनधारा–१० सेतीपानीमा रहेको सिंहबाहिनी प्राथमिक विद्यालयका ४० जना विद्यार्थीलाई स्कुल ब्याग र टोपी वितरण गरेको बुधबारे सेवा केन्द्रकी प्रमुख पदममाया माझीले बताइन् ।

विद्यालयका बेनुप्रसाद अधिकारीको सभापतित्व तथा लघुवित्तका जनशक्ति विभागीय प्रमुख सुविना राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बुधबारे सेवा केन्द्रकी प्रमुख पदममाया माझी, लेखा विभागका भोटलाल राजवंशी, फिल्ड सहायक सिमा तामाङ, केन्द्रीय जनशक्ति विभागका फूरु डाइमन तामाङ, विद्यालयका प्रअ नारदप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो ।

शिक्षक चन्द्रप्रसाद तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रामप्रसाद तिम्सिनाले गरेका थिए । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र यस संस्था १० जिल्ला कार्यक्षेत्र रहेको छ । केन्द्रीय कार्यालय भने बिर्तामोडमा रहेको छ ।