अर्जुनधारा । प्याब्सन झापाको आयोजना र अर्जुनधारा नगर प्याब्सनको संयोजनमा गत माघ २३ देखि सञ्चालन भएको स्पोर्टस मिट–२०७६ मंगलबार सम्पन्न भएको छ ।

नगरका २७ वटा विद्यालयको सहभागितामा सञ्चालन भएको स्पोर्टस् मिट अन्र्तगत आठ खेलको १८ वटा विधामा प्रतियोगिता सञ्चालन भएको कार्यक्रमका संयोजक एवम् नगर प्याब्सनका उपाध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।

प्रतियोगिताको प्रिप्राइमरी तहतर्फको टेल पुलिङ प्रतियोगितामा हिमाली एजुकेशन फाउण्डेसन प्रथम, सूर्यज्योती इङलिस बोर्डिङ स्कूल द्धितीय र देवी पाथीभरा इङलिस स्कूल तृतीय र सोही तहको बुक ब्यालेन्स रेसमा प्रगति इङलिस सेकेण्डरी स्कूल प्रथम, हिमाली एजुकेशन फाउण्डेसन द्धितीय र स्वस्तिका शिशु सदन तृतीय भएका छन् ।

त्यसैगरी प्राइमरी तहतर्फको २०० मिटर खुल्ला दौड पुरुषतर्फ ब्लयू हेभन एजुकेशन फाउण्डेसन प्रथम, ब्रीलीयन्ट पिपुल्स द्धितीय र सृजना शिशु सदन तृतीय तथा महिलातर्फ देवी पाथीभरा इङलिस स्कूल प्रथम, स्वस्तिका शिशु सदन द्धितीय र हिमाली एजुकेशन फाउण्डेसन तृतीय भएका छन् ।

त्यस्तै कक्षा १० सम्मको दुई किलोमिटर सडक दौड पुरुषतर्फ ब्लयू हेभन एजुकेशन फाउण्डेसन प्रथम, सूर्यज्योती इङलिस बोर्डिङ स्कुल द्धितीय र न्यू होप इङलिस बोर्डिङ सेकेण्डरी स्कूल तृतीय तथा महिलातर्फ सूर्यज्योती इङलिस बोर्डिङ स्कूल प्रथम, हिमाली एजुकेशन फाउण्डेसन द्धितीय र स्वस्तिका शिशु सदन तृतीय भएका छन् ।

प्रतियोगिता अन्र्तगत निम्न माध्यमिक तहको टेबल टेनिस पुरुष सिंगलतर्फ एम्स एकाडेमी प्रथम, रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूल द्धितीय र हिमाली एजुकेशन फाउण्डेसन तृतीय तथा महिला सिंगलतर्फ सृजना शिशु सदन प्रथम, हिमाली एजुकेशन फाउण्डेसन द्धितीय र एम्स एकाडेमी तृतीय भएका छन् ।

सोही प्रतियोगिताको पुरुष डबल्सतर्फ रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूल प्रथम, एम्स एकाडेमी द्धितीय र सूर्यज्योती इङलिस बोर्डिङ स्कूल तृतीय तथा महिला डबल्सतर्फ सृजना शिशु सदन प्रथम, हिमाली एजुकेशन फाउण्डेसन द्धितीय र एम्स एकाडेमी तृतीय भएका छन् ।

त्यसैगरि ४ फिट १० इन्च उचाईमा भएको फुटबल प्रतियोगितामा रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूल प्रथम, न्यू होप इङलिस बोर्डिङ सेकेण्डरी स्कूल द्धितीय र स्वस्तिका शिशु सदन तृतीय भएका छन् । त्यस्तै मावि तहको टेबल टेनिस पुरुष सिंगल्सतर्फ न्यू होप इङलिस बोर्डिङ सेकेण्डरी स्कूल प्रथम, एम्स एकाडेमी द्धितीय र प्रगति सेकेण्डरी इङलिस स्कूल तृतीय तथा महिला सिंगलतर्फ रुपरत्न मेमोरियल बोर्डिङ सेकेण्डरी स्कूल प्रथम, सृजना शिशु सदन द्धितीय र कालिका शिशु सदन तृतीय भएका छन् । सोही प्रतियोगिताको पुरुष डबल्सतर्फ न्यू होप इङलिस बोर्डिङ सेकेण्डरी स्कूल प्रथम, एम्स एकाडेमी द्धितीय र प्रगति इङलिस सेकेण्डरी स्कूल तृतीय तथा महिला डबल्सतर्फ रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूल प्रथम, सूर्यज्योती इङलिस बोर्डिङ स्कूल द्धितीय र सृजना शिशु सदन तृतीय भएका छन् ।

यता मावितहको भलिबल प्रतियोगितामा पुरुषतर्फ सृजना शिशु सदन प्रथम, सूर्यज्योती इङलिस बोर्डिङ सेकेण्डरी स्कूल द्धितीय र रुपरत्न मेमोरियल इङलिस बोर्डिङ सेकेण्डरी स्कूल तृतीय तथा महिलातर्फ रुपरत्न मेमोरियल इङलिस बोर्डिङ सेकेण्डरी स्कूल प्रथम, न्यू होप इङलिस बोर्डिङ सेकेण्डरी स्कूल द्धितीय र प्रगति इङलिस सेकेण्डरी स्कूल तृतीय भएका छन् । मावि तहको क्रिकेट प्रतियोगितामा स्वस्तिका शिशु सदन प्रथम, रुपरत्न मेमोरियल बोर्डिङ सेकेण्डरी स्कुल द्धितीय र कालिका शिशु सदन तृतीय भएका छन् ।

कार्यक्रम संयोजक गौतमका अनुसार क्रिकेट, भलिबलका पुरुष र महिलासँगै फुटबल विधामा प्रथम हुने विद्यालय आगामी फाल्गुन ५ देखि ७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट हुने बताइएको छ ।

नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, नगर खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, कार्यक्रम संयोजक गौतम, अध्यक्ष सिटौलालगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।