अर्जुनधारा । झापाको अर्जुनधारा–४ स्थित भाङबारीमा रहेको अर्जुनधारा माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।

प्रधानाध्यापक टंकप्रसाद बस्नेतले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जग्गादाता केशरबहादुर विष्ट, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु टिका शिवाकोटी, बृद्धिमान कास्यप र तुलसीनाथ खतिवडा, पूर्व प्रधानाध्यापकद्वय सनतकुमार शर्मा खनाल र चिरञ्जीवी शिवाकोटी रहेका छन् ।

त्यसैगरी पूर्व शिक्षकहरु गुरुप्रसाद घिमिरे, तिलक भण्डारी र नेत्र गुरागाईंलाई पनि सम्मान गरियो । वर्ष शिक्षकबाट चन्द्रप्रसाद लूँइटेललाई सम्मान गरिएको कार्यक्रममा शिक्षा सेवामा लामो समय योगदान पु¥याउने शिक्षक इन्दिरा खनाललाई बिदाइ गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत शिक्षक कमलकान्त पौड्यालले गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा–४ वडा समितिका अध्यक्ष दुर्गाप्रसाद दाहाल, नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, पूर्व प्रधानाध्यापक चिरञ्जीवी शिवाकोटी, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणी खनाल, अमर कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक वेदमाया निरौलाले गरेकी थिइन् ।