झापा । सिजनकै पहिलो प्रतियोगिता सताक्षी गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबसँग भिड्ने छ ।

सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे सुरु हुनेछ । ए डिभिजन क्लबसहित आठ वटा नाम चलेका क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गनिेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।