झापा । सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज ए डिभिजन क्लब थ्री स्टार र बेलबारी एफसी मोरङले भिड्ने भएका छन् ।

हिजो भएको उद्घाटन खेलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा हुने खेलमा स्थानीयको समर्थन थ्री स्टारलाई हुने अपेक्षा गरिएको छ । झिलझिलेबाटै उत्पादन भएका राष्ट्रिय खेलाडी अनन्त तामाङ थ्री स्टारका भरपर्दा खेलाडी हुन् ।

सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे सुरु हुनेछ । गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।