झापा । सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज साविक विजेता त्रिभुवन आर्मी क्लब र दार्जीलिङको मानेभन्ज्याङ एफसीले भिड्ने भएका छन् ।
झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा दिउँसो २ बजे खेल हुने आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापाले जनाएको छ ।
उद्घाटन खेलमा मनाङलाई पराजित गरी आयोजक सेमिफाइनल पुगेको छ भने दोस्रो खेलमा थ्री स्टारले बेलबारीलाई पाखा लगाएर अन्तिम चारमा पुगिसकेको छ ।
गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।
त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।