झापा । अन्तिम समयमा कमब्याक हुँदै त्रिभुवन आर्मी क्लब झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दार्जीलिङको मानेभञ्ज्याङ एफसीविरुद्ध आर्मीको कठिन जीत रह्यो । दार्जीलिङलाई मंगलबार भएको खेलमा २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले बाजी मारेको हो । आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोल मद्दतमा आर्मी अन्तिम चारमा प्रवेश गरेको छ । यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई अग्रता दिलाएका थिए ।

आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै पुनरावगमन गर्यो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । उनको प्रहारले सिधै जाली चुमेपछि आर्मीले बाँकी समय लय गुमाएको थियो । मानेभञ्ज्याङ खेलमा फर्किने प्रयास गरे पनि थप समयको अन्तिम मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जीत निश्चित बनाए ।
खेलको म्यान अफ दी आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उने नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
भोलिको खेल ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीच हुनेछ ।