0 Shares

झापा । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब सताक्षी गोल्डकपको तेस्रो संस्करणमा आज झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा उत्रदैँछ ।

लिग च्याम्पियन बनेपछि मच्छिन्द्रको यो पहिलो नकआउट चरणको खेल हो । मच्छिन्द्रले प्रतिस्पर्धका रुपमा रुपन्देहीको गोर्खा ब्वाइज एफसीलाई पाएको छ । गोल्डकपको दाबेदार मानिएको मच्छिन्द्र र गोर्खा ब्वाइजको खेल दिउँसो २ बजे हुने आयोजक सतासीधाम स्पोर्टिङ क्लब झापाले जनाएको छ ।

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।

त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०-२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।