0 Shares

बिर्तामोड । ग्यालेक्सी फिटनेस बिर्तामोडको आयोजनामा ग्यालेक्सी इन्टर पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ ।

ग्यालेक्सी फिटनेसको चौथो वार्षिकोत्सवको अवसरमा संस्थामा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सञ्चालक चन्द्र राना मगर (लाफा)ले बताए ।

प्रतियोगिताअन्तर्गत महिलातर्फको खुल्ला डेटलिफ्ट प्रतियोगितामा माया सुब्बा प्रथम, विनु क्षेत्री दोस्रो र लासाङ लामा तेस्रो भएका थिए । त्यस्तै, पुरुष तर्फको ६५ केजी तौल समूहको डेटलिफ्ट प्रतियोगितामा प्रकाश सुनुवार प्रथम, महेश ठगुन्ना दोस्रो र सुजन सुवेदी तेस्रो भए ।

पुरुषतर्फको ७५ केजी तौल समूहको डेटलिफ्ट प्रतियोगितामा अनुप अधिकारी प्रथम, किरण राई दोस्रो र पंकज कार्की तेस्रो भए । पुरुषतर्फको ७५ केजीभन्दा माथिको तौल समूहको डेटलिफ्ट प्रतियोगितामा अंकित थापा प्रथम, सुनिल लावती दोस्रो र प्रकाश चौधरी तेस्रो भएका थिए ।

त्यसैगरी बेञ्चप्रेसतर्फको खुल्ला पुरुषतर्फको प्रतियोगितामा सुजन सुवेदी प्रथम, प्रकाश सुनुवार दोस्रो र महेश ठगुन्ना तेस्रो भए । त्यसैगरी बेञ्चप्रेस पुरुषतर्फको ७५ केजी तौल समूहमा किरण राई प्रथम, अनुप अधिकारी दोस्रो र पंकज कार्की तेस्रो भए भने बेञ्चप्रेस पुरुषतर्फको ७५ केजीभन्दा माथिको तौल समूहमा अंकित थापा प्रथम, सुनिल लावती दोस्रो र प्रकाश चौधरी तेस्रो भए ।

प्रतियोगिताको मुख्य निर्णायकमा प्रशिक्षक ललित धिमाल र सह निर्णायकमा रतन लिम्बू र चन्द्र लिङ्देन रहेका थिए ।

ग्यालेक्सी फिटनेस बिर्तामोडका सञ्चालक सन्दीप शेर्माको अध्यक्षता तथा युवा व्यवसायी दिपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल, फिटनेस व्यवसायी संघका सदस्य खेमराज श्रेष्ठ, दावा शेर्पा, रेखा बाँस्तोला, पुरस्कार प्रायोजनकर्ता वोरिस उदास, प्रेम राजवंशीलगायतले विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र लाफाले गरेका थिए ।