कालिस्थान । झापाको अर्जुनधारा–१० स्थित शुभतारा एजुकेशन फाउण्डेसनको ११औं वार्षिकोत्सव आइतबार विविध कार्यक्रम गरी मनाइएको छ ।

दुई दिनअघि विद्यालयमा सम्पन्न भएको स्पोर्टस मिट–२०७६ का विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य, रायम्स, ¥याम्प वकलगायत प्रस्तुत गरेका थिए ।

नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा किताबी ज्ञानबाहेक सानै उमेरदेखि अतिरिक्त क्रियाकलापमा सहभागी गराउन विद्यालयले विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।

शिक्षक–अभिभावक संघका अध्यक्ष पर्शुराम कटुवालको अध्यक्षता र अर्जुनधारा–१० वडा समितिका अध्यक्ष बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत विद्यालयका संस्थापक प्रधानाध्यापक कुमार रायाले गरेका थिए ।

विद्यालयका शिक्षकहरुलाई मायाको चिनोबाट सम्मानित गरिएको कार्यक्रममा प्रमुख अतिथि गोम्देन, प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, नगर सहकारी समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, रीडमोड पब्लिकेशनका बजार निर्देशक कमल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थापक प्रधानाध्यापक रायाले गरेका थिए ।