इलाम । यहाँ जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

लिग उपविजेता त्रिभुवन आर्मीले आइतबार इलामको ठूलो टुँडिखेलमा सम्पन्न क्वाटरफाइनल खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुवैतर्फको प्रतिस्पर्धात्मक खेलको ७२औं मिनेटमा त्रिभुवन आर्मीकै सुडिल राईले दोस्रो गोल थपेका थिए । खेलको ४१ औं मिनेटमा संकटाका डेडी बम्बाले एकमात्र सान्त्वना गोल फर्काएका थिए ।

आर्मीले अब फाइनलमा पुग्नका लागि आयोजक माइभ्याली र मोहम्मडन कोलकोत्ताबीचको विजेतासँग २२ गते खेल्नु पर्नेछ ।

खेलमा त्रिभुवन आर्मीका सुडिल राई म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे । माइभ्यालीको छैटौं संस्करणमा विभागीय टिम त्रिभुवन आर्मीमात्र रहेको छ ।

सोमबारको खेल लिग विजेता मछिन्द्र र गोर्खा ब्वाइज रुपन्देहीबीच हुनेछ । गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपियाँ पाउनेछ ।