दिपक बोहोरा,
इलाम । यहाँ जारी छैटौं माइभ्याली आयोजक टोली माइभ्याली गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाहुना टोली भारतको मोहम्डम स्पोर्टिङ क्लबलाई पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो ।

आयोजकले कोलकात्तालाई २–१ गोलले पाखा लगाएको हो । आयोजकको जीतमा विदेशी खेलाडी एन्ड्रो थियारी बियाकले र जुइिनर ओङगुइनेले गोल गरेका हुन् । आयोजकले सेमिफाइनलमा आर्मीसंग प्रतिस्पर्धा गर्नेछ ।

जुइिनर ओङगुइनेले चौथो मिनेटमै गोल गर्दै आयोजकलाई सुरुवाती अग्रता दिलाएका थिए । अर्को गोल इन्ज्युरी समयमा एन्ड्रो थियारी बियाकले गरेका थिए ।

डिफेन्डरले बल नियन्त्रण गर्न नसकेपछि थियरीले गोल गरेका थिए । दोश्रो हाफको इन्जुरी समयमा मोहम्डम स्पोर्टिङका रक्षकले आयोजकका खेलाडीलाई डि एरिया नजिक फाउल गरेपछि पाएको फ्रि किकबाट थियरीले गोल गरेका थिए ।

पाहुना टोली मोहम्डम कोलकात्ताका लागि किरमेह बोर्नाडले ४४औं मिनेटमा बराबरी गोल गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन भने सकेनन् । आयोजकका गोलरक्षकले डि एरिया बाहिर बल छोएपछि मोहम्डमका बोर्नाडले प्रहार गरेको फ्रि किक गोलमा परिणत भएको थियो ।

। विजेता टोलीका एन्ड्रो थियरी बियाक खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार पाए ।

लिग विजेता मछिन्द्र क्लब र मानेभञ्जाङ एफसीदार्जीलिङले फाइनल प्रवेशका लागि बुधबार पहिलो सेमिफाइनल खेल्नेछन् । फागुन २४ गतेसम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ ।