अर्जुनधारा । सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ सालबारी झापासँग अर्जुनधारा प्रेस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । मैत्रीपूर्ण खेलका लागि अर्जुनधारा वडा नम्बर ९ खेलकुद विकास समितिका अध्यक्ष सुरेन राईले अर्जुनधारा प्रेस क्लबलाई जर्सीका निम्ति नगद ५ हजार प्रदान गरेका छन् । खेल भाेलि (बिहिबार) नमुना खेलमैदानमा दिनकाे ३ बजे हुनेछ ।