0 Shares

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकाका कृषकलाई आईपीएमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

गत मंसिर २ गते अर्जुनधारा–२ साठीमुरेमा शुरु भएको आईपीएम कृषक पाठशाला कृषक दिवसको अवसर पारेर शुक्रबार समापन गरिएको हो । नगर कृषि विकास शाखाको आयोजनामा सम्पन्न पाठशालामा स्थानीय सिमाना कृषक समूहका ३६ जना सदस्य सहभागी थिए ।

पाठशालामा रासायनिक विषादिको प्रयोग नगरी तरकारी खेती गर्ने, आईपीएम पद्दतिबाट खेती गर्ने तरिकाका बारे सहभागी कृषकलाई प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख दीपक गिरीले जानकारी दिए ।

अर्जुनधार वार्ड नं २ का वडाध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडाले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलको पनि उपस्थिति रहेको थियो ।