झापा । सडन डेथमा मुनाल क्लब चन्द्रगढिले जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा झापा एफसीलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको हो।
टिमका लागि खेलको सात मिनेटमा नै मुनाल क्लब चन्द्रगढीका बिकास राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाए पनि खेलको ४०औँ मिनेटमा झापा एफसीका लागि श्याम मुर्मुले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएपछि निर्णयका लागि टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि बराबरीमा टुंगिएपछि निर्णय सडन डेथबाट लिइएको थियो।
खेलको ५७ औँ मिनेटमा चन्द्रगढीका श्याम मुर्मुले झापा एफसीका गणेश हेमरमलाई तानेर लडाएपछि रातो कार्ड पाएपछि चन्द्रगढी आठ खेलाडीमा सीमित बनेको थियो ।प्रतियायगिताको बिजेता मुनालले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता झापा एफसी राजगढले नगद ३० हजारमा चित्त बुझायो ।
प्रतियोगिताको बेष्ट प्लेयर झापा एफसीका श्याम मुर्मु, हाई स्कोरर आयोजक सृजनशील युवा समाजका बबिन बोहोरा, बेष्ट डिफेन्डर मुनाल क्लबका मित्र बस्नेत बने । त्यस्तै बेष्ट मिडफिल्डर झापा एफसीका अभिषेक राई र बेष्ट गोलकिप्पर मुनाल क्लबका बिप्लप गुरुङ घोषित हुँदै नगद ३-३ हजार प्राप्त गरे । फाइनल खेलको म्यान अफ दि म्याच मुनाल क्लबका बिकास राई घोषित भए ।