झापा । झापा शिवसताक्षीको दूधेमा भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । दूधे खेल मैदानमा यही चैत १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने भएको हो ।

भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले ७५ हजार र दोस्रो हुने टिमले ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष थोप्राले बताए ।

प्रतियोगितामा विराटनगर, इटहरी, धरान, दमक, सुरुङ्गा चन्द्रगढी, विर्तामोड, धाइजन र आयोजकबाट ए र वी गरी जम्मा १० टिम समावेश हुने स्व. कर्णबहादुर नेम्वाङका छोरा सन्तोष नेम्वाङले जानकारी दिए ।

खेलको म्यान अफ दी टुर्नामेन्टले ५ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई एक हजार प्रदान गरिनेछ । विजेता र उपविजेताको पुरस्कार राशि स्व. कर्णबहादुर नेम्वाङको परिवारले उपलब्ध गराउने सहमति भएको छ ।

प्रतियोगितामा ८ लाख खर्च हुने बताइएको छ । अन्य रकमका लागि सहयोग र विभिन्न कम्पनीहरुसँग स्पोन्सरका लागि कुरा भइरहेको खेल संयोजक थोप्राले बताए ।