झापा । कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले आजदेखि पूर्णरुपमा देशलाई ‘लकडाउन’ गरेको छ ।
फ्रान्सबाट आएकी १९ बर्षीया एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गरेको हो । लकडाउन अवधिभर सर्वसाधारणलाई घर बाहिर निस्कन दिइने छैन ।
सरकारको निर्णय अनुसार मंगलबार बिहान ६ बजेदेखि एक सातासम्मका लागि लकडाउन भएको छ । लकडाउन भएपछि आजविहानै देखि झापासहित देश ठप्प छ । यद्यपि सरकारले खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्न पाइने जनाएको छ । तर झापाका बजारमा खाद्यान्नका पसल समेत बन्द गरिएको छ ।
बिहान ८:३८ बजेकाे बिर्तामाेड







तस्वीरहरू डम्बर मिश्र