एजेन्सी । ७७६ ईसापूर्वदेखि सन् ३९३ सम्म ओलम्पिक खेल ग्रिसको ओलम्पियामा आयोजना भइरहेको थियो । तर, यसपछि बन्द भएको यो खेल फेरि ब्युतँन १५०३ वर्ष लाग्यो । फ्रान्सेली वारोन पिर्रे डि कोबर्टिनले सन् १८९४ मा शान्ति र एकताका लागि आधुनिक ओलम्पिक खेल आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारे ।

सन् १८९६ अप्रिल ६ मा ग्रिसको एथेन्समा आधुनिक ओलम्पिक सुरु भयो । ग्रिसका राजा जर्जले उद्घाटन गरेको यस ओलम्पिकमा ९ खेलमा विभिन्न ४३ इभेन्टस् समावेश गरिएको थियो । १४ देशका २ सय ४१ पूरुष तथा महिला खेलाडीले सहभागिता जनाएका थिए, त्यसमध्ये १० देशले पदक जिते । यस ओलम्पिकमा विजेतालाई चाँदी (रजत) मेडल तथा दोस्रो हुनेलाई तामाको मेडल दिइएको थियो । पछि, आईओसीले पहिलोलाई स्वर्ण र दोस्रोलाई रजत पदक जित्ने नियम बनायो ।

यस ओलम्पिकमा अमेरिकाले सर्वाधिक ११ इभेन्टस्मा पहिलो स्थान हासिल ग¥यो । सर्वाधिक धेरै मेडल भने आयोजक ग्रिसले जित्यो, ४६ वटा । आयोजक ग्रिसका स्पाईरिडन लुईस म्याराथनमा पहिलो भए । जर्मन रेस्लर तथा जिम्न्यास्ट कार्ल सच्हुम्यान यस ओलम्पिकका उत्कृष्ट खेलाडी थिए, उनले चार खेलमा पदक जिते ।

ओलम्पिक खेल प्रत्येक चार वर्षको अन्तरालमा नियमित आयोजना हुने गर्छ । अपवादका रुपमा सन् १९१६ मा प्रथम विश्वयुद्ध र १९४० मा दोस्रो विश्वयुद्धका कारण यो प्रतियोगिता स्थगित भयो ।

यसपटक कोरोना भाइरसको महामारीपछि टोकियो शहरमा हुने ओलम्पिक खेलको मिति सरेको छ, यसै वर्ष हुनुपर्ने ओलम्पिक आगामी वर्षका लागि सारिएको हो ।