0 Shares

अर्जुनधारा । सामुदायिक विद्यालय अर्जुनधाराले नेपाल शिक्षक महासंघमार्फत अर्जुनधारा नगरपालिकालाई प्रकोप व्यवस्थापन कोषमा दुई लाख ८२ हजार ७९२ रुपैयाँ हस्तान्तरण गरेको छ ।

नगरमा रहेको २८ वटा सामुदायिक विद्यालयका शिक्षक, बालबिकास शिक्षक र कर्मचारीहरुले एक दिन बराबरको तलब संकलन गरी प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललाई सामाजिक दुरी कायम राख्दै उनको कार्यकक्षमा महासंघका अध्यक्ष पुन्यप्रसाद सुवेदी र सचिव पदमप्रसाद खनालले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेती, कृष्ण भट्टराई, मनकुमार लिम्बू, लोकनाथ दाहाल, रन्जित परियार, टंक न्यौपाने, कर्मचारी रुद्रप्रसाद पौडेल, टंंक आचार्य, सदस्य देबिप्रसाद गौतम लगायतको उपस्तिथि रहेको थियो ।

कोरोना भाइरसको महामारीमा शिक्षा छेत्रमा कार्यरत शिक्षक वर्गबाट सराहनीय सहयोगका लागि प्रमुख प्रशासकीय अधिकृत भुर्तेल, नगर प्रमुख हरिकुमार राना लगायतले धन्यवाद ज्ञापन गरेका थिए ।