झापा । कोरोना भाइरसको महामारीका कारण वैकल्पिक शिक्षणका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) अर्जुनधारा नगर समितिले विद्यार्थीका अभिभावकलाई अनुरोध गरेको छ ।

निजी विद्यालयहरुको छाता संगठन प्याव्सन नेपालको पहलमा यस महामारीमा आफ्ना बालबालिकालाई वैकल्पिक शिक्षणको रुपमा विभिन्न टेलिभिजनमार्फत कक्षा सञ्चालन हुने भएकाले सहजीकरण गरिदिन आग्रह गरेको हो ।

असार १ गतेदेखि आफ्नो टिभी सेटमा आउने टिभी टुडे, जनता टिभी र योहो टिभीमार्फत विद्यार्थीको कक्षा सञ्चालन हुने जनाउँदै यसका लागि आफ्ना बालबालिकालाई आवश्यक वातावरण सिर्जना गरिदिन पनि आग्रह गरेको छ ।

प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला र सचिव राजेशकुमार आचार्यले हस्ताक्षर गरेको जानकारी पत्रमा भनिएको छ, ‘यस परिप्रेक्ष्यमा लामो समयदेखि पठनपाठनबाट बञ्चित भएका निजी विद्यालयका विद्यार्थीले मात्र नभइ सामुदायिक विद्यालयका विद्यार्थीले समेत लाभ लिन सक्नेछन् ।’

हेर्नुहोस् तालिका :