झापा । अर्जुनधारा नगरपालिकाले छात्रबृत्तिका लागि १५ लाख रुपैयाँ छुट्याएको छ । उक्त बजेट प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि हो ।

छनौटमा परेका विद्यार्थीले बिर्तामोडमा रहेको नरबहादुर कर्माचार्य प्राविधिक प्रतिष्ठानमा अध्ययन गर्न पाउनेछन् । छात्रवृत्तिका लागि नगरपालिकाले १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्राविधिक शिक्षा अध्ययन गर्न चाहने नगरभित्र रहेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त बजेट छुट्याइएको नगर प्रमुख हरिकुमार रानाले बताए । उनका अनुसार जेहेन्दार, बिपन्न विद्यार्थीलाई अध्ययन गराउने उद्देश्यले बजेट दिने योजना अघि सारेको हो ।

प्राविधिक शिक्षामा पहुँच नपुगेका विद्यार्थीलाई अध्ययन गराउने नगरको नीति अनुसार छात्रबृति उपलब्ध गराइएको बताइएको छ ।
विद्यार्थीलाई कृषि, पशु, विज्ञान, इञ्जिनियरिङ र चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि बराबर छात्रवृत्ति उपल्बध गराउने मेयर रानाले बताए ।

यस आर्थिक वर्षमा १ लाख र आगामी आर्थिक वर्षमा वार्षिक ७ लाखका दरले जम्मा १५ लाख उपलब्ध गराउने नगरको निर्णय भएको छ ।