झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय क्लब मोहमडन एसीमा अनुबन्धित भएका छन् ।

आइलिग दोस्रो डिजिभन र कोलकाता लिग खेल्दै आएको मोहमडन र अभिषेकबीच ३ वर्षको सम्झौता भएको बताइएको छ । सम्झौता २०२० अगष्ट २० देखि लागु हुने सम्झौत गराउन भूमिका निर्वाह गरेका रविन चन्दले बताएका छन् ।

सम्झौता रकम भने खुलाइएको छैन । एसियन कोटामा मोहमडनले अभिषेकलाई क्लबमा आबद्ध गराएको हो ।

क्लब आइलिगका लागि छनोट हुन नसकेको खण्डमा भने अभिषेक अन्य क्लबमा जान सक्ने सम्झौतामा नै उल्लेख गरिएको छ । गतवर्ष ए डिभिजन लिग चल्दै गर्दा पनि अभिषेक माल्दिभ्स लिग खेल्न गएका थिए ।