झापा । अर्जुनधारा नगरपालिकाको दुर्गम मानिने २ नम्बर वडास्थित सहकालेमा बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर बाल शिक्षा कक्षाको तयारी गरिएको छ ।

नगरकाे उत्तरी वडा र इलामको दक्षिणी भेगसँग जोडिएको अर्जुनधाराको दुर्गम क्षेत्रको रुपमा रहेको सहकालेमा बाल शिक्षाको तयारी गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय ३ देखि ५ बर्षसम्मका बालबालिका शिक्षा लिनका लागि २ घण्टा पैदल हिंडेर गाँजाबारी तथा इलाममा पर्ने रोङ गाउँपालिकाको बदमटार स्कुल जानु पर्ने बाध्यता छ ।

शिक्षा आर्जन गर्न धाउनुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले बाल शिक्षा कक्षाको तयारी गरेको जनाएको छ । स्थानीय कमला तामाङले त्यहाँका बालबालिकालाई शिक्षा दिइने बताइएको छ । सो क्षेत्रका २१ जना बालबालिकालाई उनले शिक्षा दिने बताइएको छ ।