टिम नवाेदय र म्यान अफ दी म्याच बनेका सेनेहाङ ।

गोपाल काफ्ले,
पथरी । प्रथम पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ । नवोदयले २–० ले देवीगञ्ज एफसीलाई स्तब्ध पारेको हो ।

खेलको १५औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । १-० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२औँ मिनेटमा थप गोल गर्दै २-० ले देवीगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अंक जोड्यो । दोस्रो गोल नवोदयका घनश्याम चौहानले गरेका थिए ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे पनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेलिसकेका खेलाडीहरु भएता पनि कुनै चमत्कार गर्न नसक्दा हार व्यहोरे ।

प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफ दी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।

आइतबारको खेल वाइजीएफटी र दि रियल ब्रदर्शबीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार पाउनेछ ।