म्यान अफ दी म्याच खेलाडी संजय लिम्बू ।

गोपाल काफ्ले,
पथरी । मोरङमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको आइतबार भएको खेलमा वाइजीएफटी र दि रियल ब्रदर्शले अंक बाँडेका छन् । दुवै टिमले बराबरी गोल गरेपछि १-१ अंक बाडेका हुन् ।

मोफसलमै पहिलो पटक अक्सन मार्फत खेलाडीलाई अनुबन्धित गरि सुरु गरिएको प्रतियोगिताको आइतबार भएको खेलमा द रियल ब्रदर्शका सुजन खत्रीले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको वाइजिएफटीले खेलको ८१औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । पेनाल्टीलाई निमन लिम्बूले गोलमा परिणत गरेका थिए ।

खेलको दोस्रो हाफमा रक्षात्मक खेलेको रियल ब्रदरले अग्रता जोगाउन नसक्दा दुवै टिमले १-१ अंक बाँड्नु परेको थियो । खेलको म्यान अफ दी म्याच वाइजिएफटीका खेलाडी संजय लिम्बू घोषित भए ।

पथरीशनिश्चरेको पथरी रंगशालामा आयोजित प्रथम टेन्सवर्ग प्रिमियर लिगमा नगरभित्रका १४४ खेलाडीहरु ८ क्लवमा अनुबन्धित छन् । लिग विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद ७५ हजार पाउनेछ ।
सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बीच हुनेछ ।