गोपाल काफ्ले,
पथरी । मोरङमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको मंगलबारको खेलमा सिरिजंघा एफसी विजयी भएको छ । दोस्रो चरणको दोस्रो खेलमा शिखर एफसीलाई २-१ गोलले पराजित गर्दै सिरिजंघाले स्पष्ट जीत निकालेको हो ।

यो जीतसँगै सिरिजंघाले ६ अंक बटुलेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । निकै दवावमा रहेको शिखरविरुद्ध खेलको ४९ औँ मिनेटमा सिरिजंगाका मञ्जिल खड्काले फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५९औँ जहरमान लिम्बुले गोल गर्दै सिरिजंघाले अग्रता दोब्बर बनाए ।

शिखर एफसीका लागि खेलको ७९औँ मिनेटमा एकमात्र सान्त्वना गोल सौराज राउतले गरेका थिए । खेलको म्यान अफ दी म्याच सिरिजंघा एफसीका जहरमान लिम्बु घोषित भए ।

पथरी रंगशालामा आयोजित प्रथम पथरी प्रिमियर लिगमा नगरभित्रका १४४ जना खेलाडीहरु ८ क्लवमा अनुबन्धित भएका छन । मोफसलमै पहिलोपटक अक्सनमार्फत खेलाडीलाई अनुबन्धित गरि सुरु गरिएको हो ।

लिग च्याम्पियनले नगद १ लाख ७५ हजार र फस्ट रनरअपले नगद ७५ हजार पाउनेछ । बुधबारको खेल टेन नवोदय र वाईजिएफटीबीच हुनेछ ।