विजेता द रियल ब्रदरका खेलाडी र म्यान अफ दी म्याच बनेका तिर्थराज बस्नेत ।

गोपाल काफ्ले,
पथरी । मोरङमा जारी प्रथम पथरीशनिश्चरे प्रिमियर लिगको बिहीबारको खेलमा द रियल ब्रदर बिजयी भएको छ । देबीगन्ज एफसीलाई ३(२ गोल अन्तरले पराजित गर्दै रियल ब्रदर लिगको दोश्रो स्थानमा उक्लिएको छ ।

खेलको अग्रता भने देबीगन्जले लिएको थियो । खेलको १३औं मिनेटमा बिजय लिम्बुले गोल गरेर अग्रता दिलाएका थिए । सन्तोष न्यौपानेको प्रहारलाई अनमार्क रहेका लिम्बुले गोल गर्न सफल भएका थिए । तर, खेलको २९औं मिनेटमा रियलका सुजन खत्रीले गोल गरेर खेललाई बराबरीमा ल्याए । सबिन लिम्बुको प्रहार गोलकिपर मनकुमार मगरबाट रिबाउण्ड हुँदासुजन खत्रीले गोल गरेका हुन् ।

खेलको ४७औं मिनेटमा रियलका देवराज गुरुङले अर्को गोल गरेर अग्रता दोब्बर बनाए । तर, ६४औं मिनेटमा देबीगन्जका कप्तान सन्तोस न्यौपानेको कर्नर प्रहारलाई दिपक राईले गोल गरेर खेलमा फर्किने प्रयास गरे ।

इन्जुरी टाइमको अन्तिम मिनेटमा रियलका कप्तान तिर्थराज बस्नेतले गोल गर्दै स्पष्ट अंक निकाल्न सफल भए । उनी म्यान आफ दी म्याच घोषित भए । शुक्रबारको खेल शिखर एफसी र हेरिका न्युस्टारबीच हुनेछ ।