झापा । लुम्बिनीलाई १० विकेटले हराउँदै प्रदेश १ प्रधानमन्त्री कप क्रिकेटको फाइलनमा पुगेको छ । दाङको लमहीमा लुम्बिनी प्रदेशले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा कुनै पनि विकेट नगुमाइ भेटायो ।

उसका लागि रुवीना क्षेत्रीले २६ र काजल श्रेष्ठले २२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो । उसका लागि नितू भण्डारीले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ की निमा तामाङ र संगीता राईले २र२ विकेट लिए । प्रदेश १ ले उपाधीको लागि आइतबार एपीएफसँग खेल्नेछ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ । उप विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५-२५ हजार रुपैयाँ पाउनेछन् ।