काठमाडौं । पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छिन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।

टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । सन् अस्सीको दशकमा गीता र सिजरिनले यस्तै बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धी पनि हात पारे।

सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो। श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात् गरेको त्यो उपलब्धी दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ ।

अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाएका सिजरिन र गीतालाई यो अवार्डबाट सम्मान गरिएको हो।