भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधनका लागि नगर क्षेत्रका २७ वटा विद्यालय सहमत भएपछि माघ ५ गतेदेखिको शैक्षिक हड्ताल फिर्ता लिदै नयाँ रणनीतिका साथ आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।

नगर समितिको बैठकले युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै नगर क्षेत्रका २७ वटा विद्यालय सहमत भएपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो । भद्रपुर क्षेत्रमा रहेका निजी लगानीका ३१ वटा विद्यालयमध्ये २७ वटाले शिक्षक, कर्मचारीलगायतको तलव भुक्तानीमा सहमति जनाएर कम्तीमा २०७७ मंसिरसम्मको पूर्ण पारिश्रमिक दिन तयार भएका हुन् ।

तर, ४ वटा विद्यालयले शिक्षक कर्मचारीका माग बेवास्ता गरेको पाइएपछि त्यस्ता विद्यालयको सवालमा श्रम ऐन अनुसार कानुनी उपचारमा जाने समेत बैठकले निर्णय गरेको छ ।