विराटनगर । झापा भेट्रान्सले तेस्रो प्रदेश स्तरीय खुला नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराट भेट्रान्स विराटचोकलाई मंगलबार ६-१ ले हराउँदै झापाले उपाधि जितेको हो । विजयी टोलीका लागि नगेन्द्र मणी लिम्बुले ह्याट्रिक गरेका थिए । मित्र बस्नेत, रविन बस्नेत र प्रवेश कटुवालले समान १-१ गोल गरे । विराटका लागि प्रकाश थापाले गोल फर्काएका थिए ।

झापाका नगेन्द्रमणी लिम्बू प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै नगद ३ हजार पाउन सफल भए । विजेता टोलीले उपाधिसहित ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । मोरङको सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले विजेता टोलीलाई पुरस्कृत गरे ।