काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
आर्मी र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १(१ गोलको बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले विरानगरसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र विराटनगरबीचको खेल अपरान्ह २स्३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६(० ले हराएको थियो ।
विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।