काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । आर्मी र चौदण्डीबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।

चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।

एपीएफले १८ अंक जोडेको छ । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ । चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकासँग खेल्नेछ । पुलिस र विराटनगरबीचको खेल अपरान्ह २ः३० बजे सुरु हुनेछ । पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । विराटनगर ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।