काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र चन्द्रपुरबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमा कायम रहन चाहन्छ ।

विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चन्द्रपुर भने विराटनगरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । पुलिस र वालिङबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पुलिस ८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ । पुलिस उपाधि होडबाट भने बाहिरिसकेको छ । वालिङ ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।