काठमाडौं । विश्व कप छनौटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली ३१ सदस्यमा समेटिएको छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले शुक्रबार बन्द प्रशिक्षणमा रहेका ३८ खेलाडी मध्येबाट ७ जना खेलाडीलाई हटाएसँगै टोली ३१ सदस्यमा समेटिएको हो ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिरीएका खेलाडीहरुमा अर्पन कार्की, सेसेहाङ आङ्देम्बे, सरोज दहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विकास तामाङ र सुवास गुरुङ रहेका छन् ।

यस्तै राष्ट्रिय टिमका गोलकिपर किरण लिम्बु, फवार्ड अभिषेक रिजाल हार देश बाहिर छन् भने देबेन्द्र तामाङ र सुमन अर्याललाई मेडिकल विदामा राखिएको एन्फाले जनाएको छ ।

हाल बन्द्र प्रशिक्षणमा रहेका खेलाडीहरुमा गोलकीपर बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की र विशाल सुनार रहेका छन् ।

यसैगरी डिफेन्डरहरुमा रजिन धिमाल, बिराज महर्जन, बिकास अवास, अनन्त तामाङ, छिरिङ गुरुङ, दिनेश राजवंशी, अजीत भण्डारी, सुरज बीक, रोहित चन्द, निशान खड्का र पाल्साङ लामा रहेका छन् ।

मिडफिल्डर्सहरुमा सुजल श्रेष्ठ, विशाल राई, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापा मगर, एरिक बिष्ट, तेज तामाङ, रवि पासवान, त्रिदेव गुरुङ, संजोक राई र अंजन बिष्ट रहेका छन् ।

फर्वाडमा भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, आशिस लामा र जर्जप्रिन्स कार्की रहेका छन् ।