0 Shares

केशब चापागाईं,
मदरगाछ (झापा)। दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा रेड स्टार बिर्तामोडले जित हासिल गरेको छ।

सशस्त्र प्रहरी बल सुनसरीको टिमलाई १-० को गोल अन्तरले हराउँदै रेड स्टार बिजयी बनेको हो। खेलको सुरुवातीमै रेड स्टारका तर्फबाट तिर्थ बस्नेतले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। आजका म्यान अफ दी म्याच बिर्तामोडका गोलकिपर राजकुमार लिम्बु घोषित भए । उनले १ हजार नगदसहित ट्रफी पाए ।

हिजो भएको उद्घाटन खेलमा श्रीनाथ गण चारआली विजयी भएको थियो । श्रीनाथले स्पर्धी आयोजक दीपज्योतिलाई १-० गोलले पराजित गरेको हो । उसका लागि विसन्त राईले निर्णायक गोल गरेका थिए ।

भोलि जलथल एफसी र दमक एकाडेमीबीच प्रतिषपर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिता विजेता टिमले १ लाख १ हजार १११ र उपबिजेता हुने टिमले ५१ हजार १११ पाउने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए ।