बिर्तामोड । ग्यालेक्सी फिटनेस सेन्टर बिर्तामोड बिहीबार (आज)देखि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा अर्जुनधारा ६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई नगद तथा खाद्यान्न प्रदान गरेको छ । फिटनेसमा आवद्ध खेलाडी भक्त धिमालले नगद ६ हजार केन्द्रलाई हस्तान्तरण गरेको सञ्चालक चन्द्र राना लाफाले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता उमेश राईको उपस्थितिमा नगदसँगै ६ हजार मूल्यबराबरको खाद्यान्न र कापी कलम सरोकार केन्द्रलाई उपलब्ध गराइएको छ । एक अनौपचारिक कार्यक्रममा फिटनेसका खेलाडीसँगै सञ्चालक ललित धिमाल, सन्दिप शेर्मालगायतको उपस्थिति थियो ।

फिटनेसले यसअघि सेन्टरमै केक काटेर वार्षिकोत्सवको सुरुवात गरेको थियो । फिटनेसले यसअघि पनि सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ ।