विराटनगर । चैत अन्तिम साता हुने विराट गोल्डकप फुटबलको पाँचौं संस्करण विजेताले १५ लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने भएको छ ।

यसअघि चौथो संस्करण विजेताले १३ लाख पुरस्कार पाएको थियो । उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ पाउने छ । चौथोमा उपविजेताले ७ लाख पाएको थियो । चौथो संस्करण थ्रीस्टार क्लबले जित्दा आर्मी उपविजेतामा भएको थियो ।

गोल्डकप आयोजक समितिका संयोजक मनोजविक्रम शाहका अनुसार विजेता र उपविजेतासहित विभिन्न विधामा गरेर करिब ३० लाख रुपैयाँ पुरस्कार वितरण गर्ने तयारी छ ।

करिब एक करोड २५ लाख रुपैयाँ अनुमानित खर्च हुने प्रतियोगिताको म्यान अफ द सिरिजले अढाई लाखको मोटरसाइकल पाउनेछन् ।