आठराई (तेह्रथुम) । आठराई गाउँपालिका २ खाम्लालुङस्थित खेल मैदानमा जारी गजेन्द्र इस्वो स्मृति रनिङ फुटबल प्रतियोगिताको महिलातर्फ पाँचथरे दुई टिमले फाइनल भिड्ने पक्का भएको छ ।

पहिलो सेमिफाइनल खेलमा पीवाईसी फल्गुनन्द पाँचथरले न्यू पाथिभरा स्पोर्टिङ क्लब चोकमागु पाँचथरसँग आज (आइतबार) फाइनल भिड्ने भएको हो । पीवाईसीले आयोजकलाई ४-० गोलले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।

पीवाईसीका लागि अविना राईले २ गोल र स्मृति राई र जिलिसा चेम्जोङले १-१ गोल गरिन् । अविना बेस्ट प्लेयरहुँदै नगद १ हजार पाउन सफल भइन् ।

दोस्रो सेमिफाइनल खेलमा न्यू पाथिभराले अवतारी बागदल फूलबारी ताप्लेजुङलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । ताप्लेजुङलाई २-१ गोल अन्तरले पराजित गरेपछि न्यू पाथिभराले कम्तिमा ४० हजार सुरक्षित गरेको छ ।

खेलको बेस्ट प्लेयर ताप्लेजुङकी अन्जना थुलुङ घोषित भइन् । उनले नगद १ हजार पाइन् । उपाधि विजेता टिमले नगद ६० हजार र ट्रफी पाउनेछ । आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ टिम सहभागी थिए ।