आठराई (तेह्रथुम) । आठराई २ स्थित खाम्लालुङमा आयोजित गजेन्द्र इस्वो स्मृति महिलातर्फको फुटबलको उपाधि पाँचथरको न्यू पाथिभरा स्पोर्टिङ क्लब चोकमागुले जितेको छ ।

खाम्लालुङ मैदानमा आयोजित प्रतियोगितामा पाँचथरकै पीवाईसी फाल्गुनन्दलाई २-० गोलले पराजित गर्दै चोकमागुले उपाधि रक्षा गरेको हो । चोकमागुका लागि दुवै गोल अनुष्का शेर्पाले गरेकी हुन् ।

उनी सर्वाधिक गोलकर्ता घोषितहुँदै नगद ३ हजार पाउन सफल भइन् । चोकमागुकी गोलकिपर कुसुम लिङदेन उत्कृष्ट गोलरक्षक बनेर ३ हजार पाइन् भने पीवाईसीकी अविना राई सर्वोत्कृष्ट खेलाडी तथा पुमा राई उत्कृष्ट रक्षक घोषितहुँदै जनही ३ हजार पाउन सफल भइन् ।

६ टिम सहभागी प्रतियोगिताको विजेता चोकमागुले नगद ६० हजार र उपविजेताले ४० हजार र ट्रफी पाएको छ ।

आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।