आठराई (तेह्रथुम) । आठराई २ स्थित खाम्लालुङमा आयोजित गजेन्द्र इस्वो स्मृति फुटबल प्रतियोगितामा म्याङलुङको सिवाईसी च्याम्पियन बनेको छ ।

खाम्लालुङ मैदानमा आयोजित प्रतियोगितामा तेह्रथुमकै सेन्लप युवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सिवाईसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा भाग्यमानी बन्दा सिवाईसी ४-३ गोलअन्तरमा च्याम्पियन बनेको हो । सिवाईसीका लागि सुवास लिम्बू, विदुर लिम्बू, गजेन्द्र लिम्बू र ज्ञानेन्द्र भण्डारीले गोल गरेका थिए भने सेन्लपका लागि मनिष थापा, समिर राई र सनम लिम्बूको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

१२ टिम सहभागी प्रतियोगिताको च्याम्पियन सिवाईसीले नगद १ लाख २० हजार र उपविजेताले ८० हजार र ट्रफी पाएको छ ।

आठराई २ नम्बर वडा कार्यालय, खाम्लालुङ खेलकुद विकास समिति हङकङ र कालिका आविको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।