धुलाबारी (झापा) । चारआली धाईजन फुटबल क्लब झापा धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ च्यालेञ्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा कर्णसिहं सोनाम फुटबल क्लब ताप्लेजुङ लाई ६–१ गोल अन्तरले पाखा लगाउँदै चारआली धाईजन झापा सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हापमा दुई गोलले अग्रता लिएको चारआली धाईजनले दोस्रो हाफमा थप तीन गोल थप्यो । ताप्लेजुङले दोस्रो हापमा एक गोल फर्कायो । चारआली धाईजनको जितमा सुजन लिम्बू नायक बने उनले ह्याट्रिक गरे ।

विजय राई, आशिष चापागाईं र विशाल बस्नेतले एक÷एक गोल गरे । ताप्लेजुङको तर्फबाट मनिराज लिम्बूले एक गोल फर्काए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका विजयी टिमका सुजन लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक रोलिङ फुटबल क्लब मेचीनगर झापा र रेडहर्स फुटबल क्लब इलामबीच हुने आयोजकका सचिव महेश खड्काले बताए । प्रतियोगिताको विजेताले नगद २ लाखसहित ट्रफी पाउनेछ ।