काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार स्वरुप वितरण गरिने जनाएको हो ।

सोमबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एकले हराउँदै उपाधि जितेको हो । उपाधि जितेको नेपालले पुरस्कार स्वरुप पाँच हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ ।

नेपालको जीतमा सञ्जोग राई र विशाल राईले समान एक-एक गोल गरेका थिए ।