विराटनगर । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा आज चैत्र २६ गते बिहीबारदेखि शुरु हुँदैछ ।

छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । साथै आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ ।

प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका गरी कुल १० टोलीहरुको सहभागिता रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली बिराटनगर-११ र युनाइटेड सिक्किम एफसी, भारत भिड्ने छन् ।

विराटनगर स्थित सहिद रंगशालामा हुने प्रतियोगिताका सबै खेलहरु रात्रीकालिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो नयाँ वर्ष २०७८ वैशाख ४ गतेका दिन हुनेछ ।