झापा । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता २०७७ आजदेखि सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा १५ पालिकाका विद्यालय सहभागी भएका छन् ।

यसैबीच, अर्जुनधारा नगरपालिकाबाट प्रतियोगितामा सहभागिता जनाउने विभिन्न खेलकुद विधाका विद्यार्थी खेलाडीलाई शुक्रबार दिउँसो शनिश्चरे माविबाट विदाइ गरिएको थियो ।

विभिन्न विधामा सहभागिता जनाउनका लागि सामुदायिकतर्फ ८ वटा र संस्थागततर्फ ६ वटा विद्यालयका विद्यार्थी रहेका छन् । शनिश्चरे माविका प्रधानाध्यापक सिएम खनालका अनुसार ६९ जना छात्रछात्राले सहभागिता जनाएका छन् । विद्यार्थीले एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायतका विधामा प्रतिस्पर्धा गर्नेछन् ।

विदाइ कार्यक्रममा अर्जुनधारा खेलकुद विकास समितिका संयोजक अर्जुन मेचे, सदस्यहरु रमेश समदर्शी, मनोज गोम्देन तथा विभिन्न विद्यालयका शिक्षकशिक्षिकाको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरुलाई चन्द्र खत्री, बसन्त भट्टराई, सञ्जीव गोले, दिव्यकला गिरी र गंगाराम भट्टराई नेतृत्व शिक्षकको टोलीले चन्द्रगढी लिएर गएको हो ।

सहभागी वद्यार्थीहरूः