झापा । १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो दिनको छनोट खेलमा एथ्लेटिक्स, कराते र उसुका खेलाडी छानिएका छन् ।

भद्रपुरस्थित मेची रंगशालामा भइरहेको प्रतियोगितामा दोस्रो ३ हजार मिटर दौड छात्रतर्फ बिर्तामोड नगरपालिकाका अनिश बस्नेत प्रथम, दमकका ओसन राई दोस्रो र कचनकवलका समिर चम्लागाईं तेस्रो भए ।

त्यस्तै, ४०० मिटर छात्रतर्फ कनकाईका लीलाबहादुर भित्रीकोटी प्रथम, भद्रपुरका विनय अधिकारी दोस्रो र कचनकवलका समिर चम्लागाईं तेस्रो भए ।

ट्रिपल जम्प छात्रतर्फ अर्जुनधाराका राजीव ढुंगाना प्रथम, भद्रपुरका देवव्रत घोष दोस्रो र बिर्तामोडका दिलबहादुर सार्की तेस्रो भए । लंग जम्प छात्रातर्फ भद्रपुरकी भवानी कामती प्रथम, शिवसताक्षीकी मनिषा भट्टराई दोस्रो र बिर्तामोडकी ज्योति प्रसाईं तेस्रो भए । लंग जम्प छात्रतर्फ अर्जुनधाराका राजीव ढुंगाना प्रथम, बिर्तामोडका सलमान मोहमद खान दोस्रो र मेचीनगरका योगेन्द्र कडरिया तेस्रो भए ।

४ गुणा १०० मिटर रिले दौड छात्रातर्फ भद्रपुर प्रथम, कनकाई दोस्रो र मेचीनगर तेस्रो भए । छात्रतर्फ पनि भद्रपुर प्रथम, कनकाई दोस्रो र मेचीनगर तेस्रो भए । ४ गुणा १०० मिटर रिले छात्रतर्फ कनकाई प्रथम, भद्रपुर दोस्रो र बाह्रदशी तेस्रो भए ।

त्यस्तै, कराते छात्रतर्फ ४२ केजीमा दमकका ओस्कारमान श्रेष्ठ प्रथम, अर्जुनधाराका सागर राई दोस्रो तथा बाह्रदशीका प्रदिप फुयल र कनकाईका प्रकाश राई तेस्रो भए ।

४७ केजीमा बिर्तामोडका अनिस उप्रेती प्रथम, अर्जुनधाराका ज्योति गिरी दोस्रो तथा हल्दिबारीका युनिस आङदेम्बे र कनकाईका भूपेन्द्र राजभण्डारी तेस्रो भए । ५२ केजीमा मेचीनगरका दिपक कोइराला प्रथम, बिर्तामोडका दिवस श्रेष्ठ दोस्रो तथा हल्दिबारीका रेवन राई र बुद्धशान्तिका प्रयास कुञ्जन तामाङ तेस्रो भए ।

कातातर्फ मेचीनगरका दिपक कोइराला प्रथम, दमकका ओस्कारमान श्रेष्ठ दोस्रो र बिर्तामोडका अनिस उप्रेती तेस्रो भए ।

कराते छात्रातर्फ ४० केजीमा कनकाईकी सरन बजगाईं प्रथम, दमककी आदि राई दोस्रो तथा गौरादहकी तृष्णा दास र शिवसताक्षीकी सुमिता बस्नेत तेस्रो भए । ४५ केजीमा दमककी श्रद्धा मगर प्रथम, शिवसताक्षीकी सञ्जीवनी कार्की दोस्रो तथा अर्जुनधाराकी प्रिन्सेस देवकोटा र मेचीनगरकी मान्सी कार्की तेस्रो भए ।

५० केजीमा शिवसताक्षीकी सुमिहाङ शेर्मा प्रथम, कनकाईकी अञ्जली राई दोस्रो तथा दमककी सेन्मी राई र बिर्तामोडकी प्रिती क्षेत्री तेस्रो भए । कातातर्फ कनकाईकी सरन बजगाईं प्रथम, शिवसताक्षीकी सुमिहाङ शेर्मा दोस्रो र दमककी श्रद्धा मगर तेस्रो भएको प्रशिक्षक कालु मेचेले जानकारी दिए ।

त्यस्तै, उसुको नान छ्वानतर्फ छात्रमा अर्जुनधाराका निकुञ्ज चौधरी प्रथम, भद्रपुरका सुजन श्रेष्ठ दोस्रो र अर्जुनधाराका विपिन राई तेस्रो भए । छात्रातर्फ अर्जुनधाराकी रिया राई प्रथम र सोही नगरकी ऋचा श्रेष्ठ दोस्रो भए ।

छान छ्वानतर्फ छात्रमा भद्रपुरका प्रेम राजवंशी प्रथम र अर्जुनधाराका सुशील दनुवार दोस्रो भए । छात्रातर्फ भद्रपुरकी आशंशा श्रेष्ठ प्रथम, अर्जुनधाराकी प्रतिमा राई दोस्रो र सोही नगरकी नैना चौधरी तेस्रो भए ।

थाइची छ्वान छात्रतर्फ भद्रपुरका सिद्धार्थ प्रधान र कृष्ण दर्जी क्रमशः प्रथम र दोस्रो भए । छात्रातर्फ बिर्तामोडकी स्मिका भट्टराई प्रथम, अर्जुनधाराकी शिला दनुवार दोस्रो र भद्रपुरकी युकिसा निरौला तेस्रो भएको प्रशिक्षक रविन श्रेष्ठले जानकारी दिए ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीहरुले १ नम्बर प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी जनाउने छन् । भलिबल, एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, कराते र उसु विधा समावेश गरिएको प्रतियोगिताअन्तर्गत खेलहरुबाट परिणाम घोषणा गरिएको कार्यालय प्रमुख मैनालीले बताए ।